अंशबण्डा मुद्दामा फरार रहेका ५ जना ३२ वर्षपछि पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट अंशबण्डा मुद्दामा फरार रहेका ५ जना ३२ वर्षपछि पक्राउ परेका छन्।

मिति २०४९ वैशाख ३० गतेको फैसलाले अंशबण्डा सम्बन्धी मुद्दामा ६ सय ४८ जरिवाना तोकिएपछि फरार रहेका दोधारा चाँदनी नगरपालिका–८ बस्ने गोपाल सुनार, ६ सय ४८ जरिवाना तोकिएको सोही ठाउँ बस्ने राम सुनारसहित चार जना फारार प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले शुक्रवार पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ।

Seti Hospital

यस्तै मिति २०५३ असार २० गतेको फैसलाले सार्वजनिक अपराधमा ५० रुपैयाँ जरिवाना तोकिएको दोधारा चाँदनी नगरपालिका–२ बस्ने बिर सिह नेपाली र मिति २०६६ कार्तिक ३ गतेको फैसलाले चरेश सम्बन्धी मुद्दामा २ हजार जरीवाना तोकिएपछि फरार रहेका दोधारा चाँदनी नगरपालिका–७ बस्ने मानबहादुर चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। शुक्रवार पक्राउ परेका यी सबै जनालाई जिल्ला अदालत कञ्चनपुरमा पेश गरेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार