डोटीमा दुई जिप एक आपसमा ठोक्किए !

डोटी : डोटीमा दुई जिप एक आपसमा ठोक्किएका छन्। जिल्लाको जोरायल गाउँपालिका–२ घट्टेखोलामा शुक्रवार भीमदत्त राजमार्गमा धनगढीबाट दिपायल तर्फ गई रहेको डडेलधुराको आलिताल गाउँपालिका–८ गोदामका २१ वर्षीय नविन बोहराले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च २५९१ नम्बरको जिप र विपरित दिशाबाट आई रहेको डोटीको जोरायल गाउँपालिका–२ धारापानीका २१ वर्षकै जित बहादुर कुँवरले चलाएको से १ ज ४१५ नम्बरको जिप एक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जिप एक आपसमा ठोक्किदा दुवै जिपको अगाडी पट्टीको भागमा क्षति भएको जनाइएको छ। दुबै चालक र जिपलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार