कांगेसका नगर सभापति मृत अवस्थामा भेटिए !

कञ्चनपुर : नेपाली कांगेसका नगर सभापति मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनी शनिबार बिहान सडकपेटीमा मृत भेटिएका हुन् ।

कलौनी भीमदत्त नगरपालिकाको–१८ को वडा कार्यालयबाट सय मिटर पश्चिमतिर सडक पेटीमा घोप्टो परेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।

Seti Hospital

‘शरीरमा घाउ चोट केही पनि छैन,’ उनले भने, ‘अनुसन्धान सुरु गरेका छौं ।’ कलौनीको घर पनि सोही क्षेत्रमा हो । उनको घर घटनास्थलबाट ५०० मिटरको दूरीमा छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । प्रहरीले घटनास्थल शिल गरेको छ । चिकित्सकसहित टोली मगाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुलेको छैन ।

नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका कलौनी हाल भीमदत्त नगर कार्यसमितिको सभापति थिए । नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्री समेत भइसकेका उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार