धनगढी : अछाममा मृत फेला परेकी २ किशोरीको हत्या भएको प्रहरी निष्कर्षमा पुगेको छ। जिल्लाको ढकारी गाउँपालिका–१ छिन्ने जङ्गलमा मृत फेला परेकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको हो।
गोठालो गएको बेला बेपत्ता भएकी उनीहरूको शव गत शनिवार जङ्गलमा फेला परेको थियो। ढकारी गाउँपालिका–८ पल्साताकी दुवै किशोरीको ढुङ्गा प्रहारबाट हत्या भएको प्रहरीले निष्कर्ष रहेको छ।
जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्तत टोली उनीहरूको ढुङ्गा प्रहारबाट मृत्यु भएको निष्कर्षमा पुगेको हो। किशोरीहरूको हत्या अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई शनिवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय अछामले हत्या घटनामा पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेको हो। उनीहरूको उमेर नपुगेकाले नाम सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ। उनीहरूको बिचमा प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रतिक्रिया दनुहोस्