खैरो हेरोइनसहित गोदावरीका २ जना युवक कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर : कैलालीको गोदावरीका २ जना युवक खैरो हेरोइनसहित कञ्चनपुरबाट पक्राउ परेका छन्।

पुनर्वास नगरपालिका–५ बाट सुदूरपश्चिम प्रदेश ०१–००८ प ३८१८ नम्बरको मोटर साईकलमा सवार गोदावरी नगरपालिका–३ बस्ने ३२ वर्षीय सन्तोष भट्ट र सोही ठाँउ बस्ने ३६ वर्षीय उद्धबराज भट्ट पक्राउ परेका हुन्। 

Seti Hospital

दुबै जनालाई १ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

यस्तै पुनर्वास नगरपालिका-११ डोकेबजारबाट ७५० मिलिग्राम लागुऔषधसहित दुई किशोरलाई प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार