प्रधानमन्त्री : ६ महिना पहिलाको जस्तो भयावह स्थितिमा छैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र अहिले ६ महिना पहिलाको जस्तो भयावह स्थितिमा नरहेको बताएका छन्।

शुक्रबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अर्थतन्त्रका परिसूचकहरु राम्रो रहेको बताए। नराम्रा परिसूचकहरु पनि अहिले सुधारोन्मुख रहेको बताए।

उनले अर्थतन्त्रलाई चलायमान बनाउन र माग बढाउन सरकार लागि परेको बताए। अर्थतन्त्रमा नगद प्रवाह गर्न सरकार बन्नेबित्तिकै लामो समयदेखि भुक्तानी नदिने सरकारी रवैयालाई परिर्वतन गरेको बताए। निर्माण व्यवसायीको कानूनसम्मत रुपमा सिर्जना भएको तर भुक्तानी नभएको विगत आर्थिक वर्षदेखिको ३० अर्ब रुपैयाँको दायित्व फरफारक गरेको उल्लेख गरे।

३५ जिल्लाका १५ लाख भन्दा बढी दुग्ध किसानलाई सरकार बनेको एक सय दिनभित्रै भुक्तानी दिएको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार