कुशल मल्लले बुटबलबाट अर्जुन ट्रफी खेल्ने

धनगढीः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्लले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता बुटबलबाट खेल्ने भएका छन्।

हालै सम्पन्न नेपाल प्रिमियिर लिग (एनपिएल) मा चितवन राईनोजका मार्की खेलाडी समेत रहेका मल्लले क्रिकेटको शहर धनगढीमा माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराईजन बुटबलबाट प्रतियोगिता खेल्ने भएका हुन्। कुशल मल्लको कप्तानीमा रहेको बुटबलको टीममा दिलिप नाथ, सिद्धान्तराज लोहनी, निर्मल गुरुङ, प्रतिक श्रेष्ठ र तुलवहादुर थापा रहेका छन्।

SHIKHAR COOL TECH

यस्तै टीममा महेश भार, विप्रसन केसी, आरिफ खान, दिपक डुम्रे, वीरवहादुर घर्ती र गोविन्द विक रहेका छन्।फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा माघ २२ गते हुने खेलमा बुटबलले दशरथ चन्द एकेडेमी बैतडीसँग खेल्नेछ। यस्तै माघ २३ गते क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंसँग खेल्नेछ भने २५ गते सिवाईसी अत्तरियासँग लिग चरणको अन्तिम खेल खेल्नेछ। धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ।

रनिङ ट्रफीको रुपमा टी–२० फम्र्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ। प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार