बारम्बार विश्वासको मत लिनुपर्ने स्थितिबाट मुक्त भइएको छ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको नाउँमा प्वाल पारेर फुत्त अर्कै डुङ्गा चलाउने र मुलुक एवं जनतालाई तिरष्कार गर्दै सत्तापत्ता खेलिरहने विद्रुप स्थितिमा रोक लागेको भन्दै नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति व्यंग्य गरेका छन्।

उनले नेकपा एमाले-नेपाली कांग्रेसको गठबन्धन बहुमत सरकार बनेपछि संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताएका छन्।

khadya

“गएको ६ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्‍याउनु नपरेको एउटा सुखद पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु,” आज प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई सम्बोधन गर्दै उनले भने, “सत्ताको नाउँमा प्वाल पारेर फुत्त अर्कै डुङ्गा चलाउने र मुलुक एवं जनतालाई तिरष्कार गर्दै सत्तापत्ता खेलिरहने विद्रुप स्थितिमा अब रोक लागेको छ।”

प्रधानमन्त्री ओलीले जनताको भरोसा र संसद्को दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको उल्लेख गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार