काठमाडौं : विभागीय टोली एपिएफ क्लब अपराजित रहँदै टाइगर कप भलिबलको महिला तर्फको फाइनलमा पुगेको छ ।पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शुक्रवार भएको दोस्रो क्वालिफायर खेलमा आयोजक टाइगर ग्रुपको टिमलाई पराजित गर्दै एपिएफ फाइनलमा पुगेको हो । एपिएफले आयोजक टोलीलाई ३-१ को सेटमा पराजित गर्यो ।
पहिलो सेट २५-२० ले जितेको एपिएफले दोस्रो सेट २१-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-१९ र चौथो सेट २६-२४ ले जित्दै एपिएफले फाइनल पुगेको हो। एपिएफले उपाधि रक्षाका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ ।दोस्रो क्वालिफायरमा टाइगर ग्रुप र एलिमिनेटर विजेता न्यु डायमण्ड स्पोर्टस् क्लबबीच खेल हुनेछ ।
आजै हुने दोस्रो खेल पुरुषतर्फको पहिलो क्वालिफायरको खेल हुनेछ । पहिलो क्वालिफायर खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच हुनेछ । जित्ने टोलीको समूहमा आर्मी शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका थिए । आजै हुने तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ । एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिष्पर्धा गर्नेछन् । एलिमिनेटरको विजेताले पुुलिस र आर्मीबिचको पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।
प्रतिक्रिया दनुहोस्