खुटिया खोलाबाट नियन्त्रणमा लिएका १७ सवारी सिडिओको अगाडीबाटै फरार

धनगढी : जिल्ला समन्वय समिति, कैलालीका प्रमुख टीकाकुमारी चौधरी (भुल) नेतृत्वको अनुगमन टोलीले नियन्त्रणमा लिएका १७ सवारी फरार भएका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालको अगाडीबाटै अनुगमन टोलीले नियन्त्रणमा लिएका १७ सवारी फरार भएका हुन। जिल्ला अनुगमन टोलीले वातावरणीय प्रभाव मूल्याङ्कन नगरेको सेहरी क्षेत्रको खुटिया नदीबाट २६ वटा सवारी नियन्त्रणमा लिएको थियो।

SHIKHAR COOL TECH

तर, इलाका प्रहरी कार्यालय, मालाखेतीमा पाँच वटा ट्याक्टर र चार वटा टिप्पर मात्र पुगेका छन्। टोलीले नियन्त्रणमा लिएका २६ सवारीमा नौ मात्र प्रहरी कार्यालयमा पुगेका हुन। बाँकी १७ सवारी बाटोबाटै फरार भएका छन। मालाखेती प्रहरीले अन्य नियन्त्रणमा लिएका सवारीको विषयमा जानकारी नभएको बताएको छ।

जिल्ला अनुगमन टोलीले गोदावरी नगरपालिका–९ सेहरीको खुटियाबाट १७ ट्याक्टर, सात टिप्पर र दुई वटा डोजर नियन्त्रणमा लिएको थियो। जिल्ला समन्वय समिति कैलालीकी प्रमुख चौधरीले खोलाबाट नियन्त्रणमा लिएका ट्याक्टर, टिप्पर र डोजर भागेका बताएकी छन। इलाका प्रहरी कार्यालय, मालाखेतीसम्म पुग्दा प्रमुख जिल्ला अधिकारीको अगाडीबाटै सवारीहरू भागेका उनले बताएकी छन्। उनले भनिन, ‘सबै २६ वटा गाडी आउनुपर्ने हो। तर, बिच बाटोबाटै गायब भएका छन। यहाँ नआउँदासम्म छुट्टि पाउँदैनन। हामी खोजी गर्छाै। बिच बाटोबाट हराएकाहरू खोजी गर्छाै। पछाडि सिडिओ साप र सुरक्षाकर्मीहरू थिए। हामी विश्वस्त थियौ। हामीसँग नम्बर छ। डाटा छ।’ उनले प्रहरीमा खबर गरेको बताएकी छन्।

खोलाबाट नियन्त्रणमा लिएका ट्याक्टर, टिप्पर र डोजरहरूका नम्बर टिपोट गरिएकाले नियन्त्रणमा लिन सहज हुने अनुगमन टोलीले बताएको छ। मापदण्ड विपरीत नदीको दोहन गर्ने सवारीहरूलाई जरिबाना गरेर मात्र सवारी धनीले मुक्ति पाउन समितिको दाबी छ। गोदावरी नगरपालिकाले खुटिया खोला ठेक्कामा दिएको छ। पाँच करोड ८६ लाखमा बालाजी कन्ट्रक्सनले खुटियाबाट नदीजन्य पदार्थ सङ्कलन तथा बिक्री वितरणको जिम्मा पाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार