बाजुरामा ‘जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ’ सुरु !

बाजुरा : बाजुरामा ‘जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ’ सुरु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका– ४ मा रहेको खापरदेवस्थली माध्यमिक विद्यालयको आयोजनामा बिहिबार देखी महायज्ञ सुरु भएको हो ।

माघ २४ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञको बिहिबार सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीले समुद्घाटन गरेका थिए । विद्यालयको सर्वाङ्गीण विकास र जिउलेखी मष्टाको विकास तथा प्रचारप्रसारका लागि पहिलोपटक महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । विद्यालयसँगै सोही ठाउँमा रहेको जिउलेखी मष्टा मन्दिरको संरक्षण सम्वद्र्धन तथा विकासमा टेवा पुग्ने विश्वासका साथ धार्मिक महायज्ञको आयोजना गरिएको बताईएको छ ।

Seti Hospital

महायज्ञमा भक्तियोग फाउण्डेशन नेपालका संस्थापक अन्तराष्ट्रिय भागवत भूषण वाचन शिरोमणि पुज्य सञ्जेल जी महाराजले प्रवचन गर्ने विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थापाले बताए । उनले विद्यालयको सर्वाङ्गीण विकासका लागि पहिलोपटक गरिएको प्रयासलाई सफल पार्न सबैले सहयोग गरि दिन आग्रह गरेका गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार