धनगढी उपमहानगरपालिका–१ नैनादेवी सडकमा मापदण्ड विपरीत नाली निर्माण

धनगढी : कैलालीको धनगढीमा मापदण्ड विपरीत सडकको नाली निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिका–१ नैनादेवी सडकमा मापदण्ड विपरीत नाली निर्माण गरिएको हो।

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, मातहतको पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता मार्फत सुरु गरेको नाली निर्माणको काममा लापर्बाही गरिएको छ। नाली निर्माण गर्दा स्वइलिङ्ग नगरेको भन्दै स्थानीय युवाहरूले रोकेका छन्। उनीहरूले इस्टिमेट विपरीत काम भएको भन्दै विरोध गरेका हुन।

khadya

स्थानीय युवा सौरभ सत्यालले कोष तथा लेखा नियन्त्रणको कार्यालय अगाडीको क्षेत्रमा सडकको नाली निर्माणमा लापर्बाही गरिएको बताए। उनले भने, ‘आधा नाली स्वइलिङ्ग गरेको छ। केही क्षेत्रमा ठग्ने काम भएको छ। माटोमा मसला खसालिएको छ। नाली निर्माण गर्ने काम भएको छ। जनप्रतिनिधिहरू पनि आउनु भएको छैन। काममा ठगी भएको छ। हामीले काम रोका छौ। बजेट खान खोजेका होलान। तर, ढुङ्गा नहालेपछि नाली कच्चा हुन्छ।’

स्थानीय युवाहरूले इस्टिमेटमा भए अनुसारको काम नभएको भन्दै नाली निर्माणको काम रोकेका छन्। स्थानीय अस्मिन स्वारले भने, ‘मन्दिरदेखि चौकसम्म काम हुँदैछ। केही क्षेत्रमा सोलिङ्ग छ। तर, यो क्षेत्रमा काम इस्टिमेट अनुसार भएको छैन। भोलिको दिनमा धसिन्छ। हामीले नम्बरी जग्गा दिएर, सडक भन्दै छ। सडक राम्रो हुनुपर्यो।’ सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सुधार गर्ने बताएको छ।

सडकको नाली निर्माण क्षेत्रमा रहेका पूर्वाधार कार्यालय, धनगढीका ओभरसियर हरि जोशीले इस्टिमेट अनुसार काम नभएको बताए। उनले भने, ‘भित्रि सडक हो। निर्माण कम्पनीले सुधार गर्ने भन्नु भएको छ। ढुङ्गा सकिएकाले नहालेको भनिएको छ। हामी सुधार गर्छाै।’ पूर्वाधार कार्यालय, कैलालीको मौखिक सहमतिमा इस्टिमेटमा भए अनुसारको नाली निर्माण नभएको हो। पूर्वाधार कार्यालय, धनगढीले शून्य दशमलव ४७ किलोमिटर नैनादेवी–पुराना हसनपुर सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। नैनावेदी सडकमा पाँच सय २५ मिटर नाली निर्माण हुँदैछ।

पूर्वाधार कार्यालयले नैनादेवी सडकसँग अन्य तीन वटा सडकको एकै साथ ठेक्का सम्झौता गरेको हो। चार वटा सडकको दुई दशमलव ५६ किलोमिटर सडक कालोपत्रको ठेक्का सम्झौता गरिएको छ। चार वटा सडकको तीन हजार दुई सय ८८ मिटर नाली निर्माण गरिने छ। धनगढीका १९ वटा सडकको आर्थिक वर्ष २०८०/०८१ मा बहुवर्षीय ठेक्का सम्झौता गरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार