कञ्चनपुरका विपन्न जोशीको परिवारलाई सुरक्षित आवास हस्तान्तरण

कञ्चनपुर : कञ्चनपुरको लालझाडीका विपन्न परिवारलाई सुरक्षित आवास हस्तान्तरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५, बैजनाथ टोलमा सुरक्षित आवास परियोजना अन्तर्गत निर्माण भएका १० वटा घरहरू बुधबार विपन्न परिवारलाई हस्तान्तरण गरिएका हुन ।

लालझाडी गाउँपालिका, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालको त्रिपक्षीय सम्झौता अन्तर्गत ६५ लाख ५० हजार रुपैयाँ लागतमा घरहरू निर्माण गरिएका थिए ।

SHIKHAR COOL TECH

आवास हस्तान्तरण कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्त, गाउँपालिकाका अध्यक्ष निर्मल राना, प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की लगायत स्थानीय जनप्रतिनिधि तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

सुरक्षित आवास कार्यक्रमले विपन्न परिवारको जीवनस्तर सुधार गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा थप १२ वटा घर निर्माणको योजना रहेको जनाइएको छ । साथै, समुदायमा वित्तीय साक्षरता, खानेपानी, सरसफाइ तालिम तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रमहरू पनि सञ्चालन गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार