चलचित्र ‘मोहर’को महत्वपूर्ण भूमिकासहित बाल कलाकार शर्माको डेब्यू

काठमाडौं : नयाँ नेपाली चलचित्र ‘मोहर’को महत्वपूर्ण भूमिकासहित बाल कलाकारका रुपमा सारा शर्माले डेब्यू गरेकी छिन् ।

काठमाडौं फिल्म मेकर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण माघ १४ गतेदेखि छायांकन प्रारम्भ भएको चलचित्र काठमाडौंको गागलफेदीमा अभिनेत्री बेनिशा हमालले पहिलो शट दिँदै यो फिल्मको छायांकन प्रारम्भ भएको हो ।

Galaxy

ओम प्रतीकको निर्देशनमा निर्माण प्रारम्भ भएको चुम्बन जङ्ग शाहीको फिल्ममा पल शाह, अर्जुन जङ्ग शाही, बेनिसा हमाल, नीति शाह, मिथिला शर्मा, लक्ष्मी गिरी, रबिन्द्र झा, सुशील देवकोटालगायत कलाकारको अभिनय रहेको छ ।

दिपेन बस्नेतको छायांकन, कुमार महर्जनको द्वन्द, सुरेश अधिकारी तथा एसडी योगीको संगीत र प्रमोद ढुङ्गाना र हर्क साउदको गीत रहेको यो फिल्मको छायकन काठमाडौंलगायत दाङ्ग तथा रोल्पासमेत छायांकन गरिने निर्देशक ओम प्रतिकले जानकारी गराएका छन् ।

प्रोडक्सन डिजाइनर लक्ष्मण राज पौडेलले जानकारी गराए अनुसार ‘मोहर’ को प्रदर्शन २०८२ सालको तीजको छेकोमा प्रदर्शन गरिने लक्ष्य राखिएको छ । यसअघि बिभिन्न टेली सिरियल तथा म्युजिक भिडियोमा पनि बालाकाकारकै रुपमा आफ्नो प्रतिभा प्रस्तुत गरेकी साराले यो चलचित्रमा ससक्त प्रस्तुती रहने निर्माण पक्षको दाबी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार