कैलालीको गोदावरी नगरपालिकाले धनगढी–अत्तरिया ६ लेनमा तारजाली लगाउदै !

धनगढी : कैलालीको गोदावरी नगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडकमा तारजाली लगाउन थालेको छ। नगरपालिकाले २०८१ मङ्सिर २५ गते सडकको मिडियममा दोहोरो तारजालीका लागि ठेक्का सम्झौता गरेको थियो। गोदावरी नगरपालिकाको क्षेत्रमा पर्ने करिब पाँच किलोमिटर सडकखण्डमा तारजाली लगाउन थालिएको छ।

पुल र जेब्रा क्रस क्षेत्र भने खुला राखिनेछ। गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले नगर क्षेत्रको ६ लेन सडकमा तारजालीको काम थालिएको बताए। उनले भने, ‘नगरपालिकाको बजेटबाट तारजाली लगाउदैछौ। सडक क्षेत्रमा दुर्घटना कम गर्न, हरियाली बनाउन तथा सौदर्यकरणका लागि तारजाली लगाउन लागेका हौ। यो महिना भित्र काम सकिन्छ होला।’

khadya

नगरपालिकाले ८० लाख २३ हजार ४ सय ७४ रुपैयाँमा पाँच किलोमिटर तारजाली लगाउने भएको हो। यो रकममा भ्याटसमेत समावेश गरिएको छ। नगरपालिकाले सुयल कन्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको हो। नगरपालिकाले तारजालीका लागि एक करोड १८ लाख ४६ हजार ३५४ रुपैयाँ विनियोजन गरेको थियो। ठेक्काको सम्झौता अनुसार निर्माण कार्य २०८१ माघ २५ गतेसम्म पूरा गर्नुपर्ने छ।

ठेक्का पाएको सुयल कन्ट्रक्सनले केही दिनअघि नै कार्य सुरु गरिसकेको छ। नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले तारजाली लगाइसकेपछि वृक्षारोपणको काम गर्ने बताए। उनले सडक सुरक्षा र हरियाली प्रवर्धनको महत्वपूर्ण परियोजनाका रहेको बताए। तारजालीले पैदलयात्री र सवारी साधनबिचको भिडन्त न्यून गर्ने, दुर्घटना रोक्ने तथा सडक सौन्दर्य बढाउने उनको अपेक्षा छ। वृक्षारोपणपछि सडक हराभरा भएर वातावरणीय सन्तुलन कायम राख्ने भट्टको विश्वास छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार