कैलालीमा नालामा लडेका एक पुरुषको मृत्यु

धनगढी : कैलालीमा नालामा लडेको अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ।

बुधवार साँझ गौरीगंगा नगरपालिका–२ को मोन्यालस्थित बेहेडाबाबा सडकखण्डमा ४० वर्षीय फुलराम चौधरी लडेको अवस्थामा भेटिएका थिए। लडेको भेटिएका चौधरीलाई उपचारका लागि निसर्ग हस्पिटल ल्याइएको थियो।

SHIKHAR COOL TECH

तर चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए। उनकाअनुसार चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार