अधिकृत नहुँदा न्यायिक समितिको कार्य सम्पादनमा समस्या

घोडाघोडी : कैलालीको स्थानीय तहमा कानुन अधिकृत नहुँदा कार्य सम्पादनमा समस्या हुने गरेको बताइएको छ । घोडाघोडी नगरपालिका –१ सुखडमा नागरिकको न्यायमा सहज पहुँचका लागि न्यायिक र अर्धन्यायिक निकायको जिम्मेवारी र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखले सो समस्या बताएका हुन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा भएका अन्तरक्रिया कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले न्यायिक समितिप्रतिको धेरै नागरिकको अपेक्षा भए पनि भनेअनुसार काम गर्न नसकिएको बताए ।

Seti Hospital

त्यसैगरी लम्कीचुहा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक जुना चौधरीले न्यायिक समितिमा कानुन अधिकृत नहुँदा न्याय निरूपण गर्न समस्या भएको अनुभव सुनाइन् । स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएअनुसार न्यायिक समितिले काम कारबाही गर्दै आएको उनले बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार