सुदूरपश्चिममा दलका नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिने गरी ऐन संशोधन गरिदैं !

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिन सेवा सुविधासम्बन्धी ऐन संशोधन प्रक्रिया अगाडि बढाएको छ।

आन्तरिक मामिला मन्त्रालयले आर्थिक मामिला मन्त्रालयमा पठाउन लागेको प्रस्तावअनुसार एमाले र नागरिक उन्मुक्तिका नेता तथा प्रमुख सचेतकले गाडी, चालक, इन्धन र मर्मत खर्च पाउनेछन्। संसदीय दलको सुविधा थप गर्न खोजिएको यो प्रस्तावलाई विपक्षी दलहरूले सदनमा कडा विरोध गर्ने बताएका छन्।

SHIKHAR COOL TECH

यस विषयमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ऐनमा ‘दलको’ र ‘दलका’ शब्दमा फरक भएकाले संशोधन गर्न लागेको बताउँदै यसबारे थप कुरा गर्न अस्वीकार गरे।

हाल, सत्तारूढ दलका प्रमुख सचेतक र पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारबाट गाडी सुविधा पाउँदै आएका छन्, जुन विशिष्ट व्यक्तिका लागि खरिद गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार