हमासको नियन्त्रणमा रहेका विपिनको रिहाका लागि पहल गरिदिन आग्रह : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका लागि इसराइली राजदूत समुलिक एरी बासलाई हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

केन्द्रीय कार्यालय सानेपामा बुधबार कांग्रेसले गरेको नेपाल स्टार्टअप र साना–मझौला व्यवसाय सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी इसराइली राजदूत बासलाई सभापति देउवाले नेपाली युवा जोशीको रिहाइमा सहयोग गर्न आग्रह गरेका हुन् ।

Seti Hospital

‘इसराइलमा अहिले शान्ति प्रक्रिया सुरू भएको छ, हमासले कब्जामा राखेका विपिन जोशीलाई छुटाउने काममा पनि इसराइली राजदूतले मद्दत गर्नु हुनेछ भन्ने विश्वास लिएको छु, मलाई आशा छ– उहाँलाई छुटाउने काममा हामी सबै लाग्नेछौं,’ सभापति देउवाले भने ।

सन् २०२३ को अक्टोबरमा इसराइली भूमिमा आक्रमण गरी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लगेकोमा नेपाली विद्यार्थी जोशी पनि रहेका छन् । जोशीको रिहाइका लागि सरकारले कुटनीतिक प्रयास जारी राख्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार