काठमाडौं : एक दशकयता नेपाली फिल्ममा मधेस र मधेसी पात्र खुब देखिए। तर, अधिकांशको नियत हास्य सिर्जना गर्ने नै थियो। नेपाली फिल्ममा लामो समयदेखि मधेसी पात्रलाई उडाएर, होच्याएर र हाँसोको पात्रका रूपमा देखाउँदा दर्शकलाई हँसाउन र मनोरञ्जन दिन सकिन्छ भन्ने झुर मनोविज्ञान नै हाबी भइरह्यो।
कहिले मधेसलाई अपराधको अखडा देखाएर, कहिले मधेसी पात्रलाई हजाम, कहिले जुत्ता सिलाउने मोची, कहिले पान पसले, कहिले गुन्डा, फटाहा, निरीह आदि देखाएर दर्शक हसाउने शृंखला चलिरह्यो।
तर, नेपाली सिनेमामा मधेसको आत्मा, मर्म र सौन्दर्य बोक्न सक्ने सिनेमा भने सधैँ ‘मिसिङ’ नै थियो। यस्तो लाग्छ, अहिले हलमा प्रदर्शन भइरहेको फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ त्यही अभावको पूर्ति हो।
प्रतिक्रिया दनुहोस्