कैलालीको भारतसँग सीमा जोडिएका सात नाकाका इन्चार्ज फेरिए !

धनगढी : कैलालीको भारतसँग सीमा जोडिएका सात नाकाका इन्चार्ज फेरिएका छन्। सीमा क्षेत्रको सुरक्षाका लागि भन्दै जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले इन्चार्ज फेरेका हुन।

जिल्लाको रामपुर चौकीमा असई नरेन्द्र सिंह रैखोला पठाइएका छन्। यसअघि पदम कार्की कुटपिटको घटनामा घाइते भएपछि उपचारका लागि बिदामा छन्। सो घटनामा संलग्न एक जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। तस्करको समूहले उनलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कवीन्द्र बोहराले बताए।

SHIKHAR COOL TECH

कालाकुन्डा चौकीमा वरिष्ठ सई नरेन्द्र चन्दलाई जिम्मेवारी दिइएको छ। कालाकुन्डाबाट वरिष्ठ सई बिसन भट्ट फल्टुडे चौकीमा खटिएका छन्। यस्तै धनगढी विमानस्थलबाट त्रिनगर नाकाको सुरक्षामा वरिष्ठ सई समुद्र केशर पन्त आएका छन्। यसअघिका त्रिनगर चौकीको इन्चार्ज रहेका वरिष्ठ सई शैलेन्द्र चन्द आसरा सुधार केन्द्र, फूलबारी पुगेका छन्।

फूलबारी चौकीमा वरिष्ठ सई चङ्ख कठायत, जुगेडा चौकीमा वरिष्ठ सई नेत्र कठायत, हसुलिया चौकीमा वरिष्ठ सई दिग्गज ठकुराठी र पृथ्वीपुर चौकीमा वरिष्ठ सई जीवन गुरुङ पठाइएका छन्। यस अगाडि फूलबारी चौकीमा रहेका खेमराज पन्त जिल्ला प्रहरी कार्यालयमा आएका छन्। जुगेडाका सई राजेन्द्र बम भने धनगढी कारागारको इन्चार्ज बनेका छन्। हसुलियाबाट वरिष्ठ सई लोकेन्द्र बहादुर चन्द पनि अहिले जिल्ला प्रहरी कार्यालय, कैलाली आएका छन।

एक महिना अगाडीदेखि नेपाल–भारत सीमा क्षेत्रका प्रहरी चौकीहरुका इन्चार्ज फेर्न थालिएको हो। हालसम्म सात वटा चौकीका इन्चार्ज फेरिएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व परिवर्तन भएसँग सीमा क्षेत्रका चौकीहरूको नेतृत्वसमेत परिवर्तन गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार