डोटीको बोगटान फुड्सिलमा आँखा उपचार केन्द्र सञ्चालनमा

धनगढी : डोटीको बोगटान फुड्सिल गाउँपालिकामा आँखा उपचार केन्द्र खुलेको छ। सोमवार एक समारोहमा गाउँपालिका अध्यक्ष कमल गड्सिलाले आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन्। वडा नम्बर ७ स्थित चवराचौतारा स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र खुलेको हो।

च्यारेटी हेल्थ फाउन्डेसन नेपालको सहयोगमा आँखा उपचार केन्द्र खुलेको हो। पालिकाके दुई जना कर्मचारीको व्यवस्थापन गर्ने गरी आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष गड्सिलाले बताए। उनले आधारभूत स्वास्थ्य सेवामा स्थानीयको पहुँच सुनिश्चित गर्न आँखा उपचार केन्द्र खोलिएको बताए।

Seti Hospital

आँखा उपचार केन्द्रमा पाँचौ तहको नेत्र सहायक र चौथो तहको एक जना अप्टिकल डिस्पेन्सर नियुक्त गरिएको छ। पालिकाले दुई जना कर्मचारीलाई तलबभत्ता उपलब्ध गराउनेछ। आँखा उपचार केन्द्र स्थापना भएको पहिलो दिन ९० जना तथा दोस्रो दिन २७ जनालाई निःशुल्क चस्मा र औषधी वितरण गरिएको अध्यक्ष गड्सिलाले बताए। आँखा उपचार केन्द्र खुलेसँगै स्थानीयलाई आँखा सम्बन्धी समस्या हुँदा धनगढी या डडेल्धुरा पुगेर आँखा चेकजाँच गराउनुपर्ने बाध्यता हट्ने अध्यक्ष गड्सिलाले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार