लागूऔषधसहित डडेल्धुराबाट एक जना पक्राउ

डडेल्धुरा : डडेल्धुरामा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको जोरायल गााउँपालिका-३ चनकट्टेका २२ वर्षीया जितेन्द्र खत्री रहेका छन् ।

खत्रीलाई  हिजो माघ १५ गते राति डडेल्धुराको आलिताल गाउँपालिका-१ चपरचानीस्थितस्थित सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

Seti Hospital

बमका अनुुसार खत्रीको साथबाट पाँच रुपैयाँको नोटभित्र कालो प्लास्ट्रिकसहितको तौल गर्दा ०.६५ मिलिग्राम र शुद्ध तौल ०.४३ मिलिग्राम लागूऔषध बरामद गरिएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार