बाजुरामा फेरि छाउगोठ भत्काउने अभियान सुरु

बाजुरा : बाजुरामा महिनावारी भएका बेला बस्न बनाइएका छाउगोठ भत्काउने अभियान फेरि सुरु भएको छ । यहाँका गाउँबस्तीमा छाउप्रथा कायमै रहेको समाचार आइतबार गोरखापत्रमा प्रकाशित भएसँगै सोमबारदेखि जिल्ला प्रहरी कार्यालय बाजुराले छाउगोठ भत्काउने अभियान पुनः सुरु गरेको हो ।

सोमबार बिहान १० बजे बुढीगङ्गा नगरपालिका–८ स्थित रिठा प्रहरीचौकीले यहाँका नुवाकोट, सिगाडा भण्डारगाउँ, झारगाउँ, बदेडा, तिमाडा र सेलापाखालगायतमा अनुगमन गर्दा २९ वटा छाउगोठ भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

SHIKHAR COOL TECH

प्रहरीले गाउँबस्तीमा छाउगोठको अवस्था के छ भनेर अनुगमन गर्दा २९ वटा छाउगोठ देखिएपछि स्थानीयको रोहबरमा ती गोठ भत्काउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

उनले भने, “अनुगमन गर्दा २९ वटा छाउगोठ भेटिएका छन् । यहाँका जनप्रतिनिधि र स्थानीयको रोहबरमा ती गोठ भत्काउने योजना छ । सोमबार गोठ भत्काउन लाग्दा स्थानीयले हामी आफैँ भत्काउँछौँ भनेका छन् । केही दिनको समय दिन्छौँ । त्यो समयमा छाउगोठ भत्काएनन् भने हामी आफैँ गएर तुरुन्तै भत्काउने योजनामा छौँ ।”

२०७५ पुस २५ गते बुढीनन्दा नगरपालिका–९, पाण्डुसैनमा छाउगोठमा सुतेको बेला आगलागी हुँदा ३५ वर्षीया अम्बा बोहरा, उहाँका नौ वर्षका छोरा सुरेश र सात वर्षका छोरा रमित बोहरा गरेर तीन जनाको ज्यान गएको थियो । त्यसपछि यहाँ छाउप्रथा ‘कुप्रथा’ हो भन्दै विभिन्न स्थानीय तहमा छाउप्रथा उन्मूलन कार्यक्रम सञ्चालन गरिएको थियो ।

अभियानले बाजुराका नौ वटै स्थानीय तहमा ५११ वटा छाउगोठ भत्काएको थियो । अहिले फेरि यहाँका विभिन्न गाउँबस्तीमा छाउगोठ पुनर्निर्माण गरिएको पाइएकाले सोमबारदेखि पुनः भत्काउने अभियान सुरु गरिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले छाउप्रथा जस्तो कुप्रथा अन्त्यका लागि कडाइका साथ लागिपर्ने बताए । यहाँका सबै पालिकासँग समन्वय गर्ने, जिल्लामा काम गर्दै आएका विभिन्न सङ्घसंस्थालाई पनि कागजी रूपमा मात्र नभई परिमाणात्मक रूपमा काम गर्न अपिल गर्ने र जनचेतनामूलक अभियान सञ्चालन गर्ने उनको भनाइ छ । त्यसपछि पनि छाउगोठ कायमै राखिएमा वा यो कुप्रथा नहटाएमा आवश्यक कानुनी कारबाहीमा जाने उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार