साताको अन्तिम नेप्से २५ अंकले बढ्यो !

काठमाडौं : साताको अन्तिम शेयर बजार आज बढेर बन्द भएको छ । आज मंगलबार भएपनि बुधबार र बिहीबार सार्वजनिक बिदा भएकाले गर्दा आज साताको अन्तिम कारोबार भएको हो । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा पुगेको छ ।  नेप्से ०.९३ प्रतिशतले बढ्दा करिब साढे ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । 

यस्तै ९ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार १०५ कित्ता शेयर कारोबार भएको छ । १७७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर भएको छ । 

khadya

आज ३२५ वटा कम्पनी कारोबारमा आउँदा ९५ हजार ९७ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये सबै समूह बढेको छ । सबैभन्दा बढी विकास बैंक समूह ४.०७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम जीवन बीमा समूह ०.०८ प्रतिशतले बढेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार