लोकतन्त्रलाई संस्थागत विकास गर्न संस्थानहरुको संस्थाको भूमिका महत्त्वपूर्ण हुन्छः मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र र सङ्घीय गणतन्त्रको संरक्षणमा मिडिया संस्थानहरुको संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा नेतृत्वको टोलीसँग आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहले राससको विकासमा प्रदेश सरकारले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

SHIKHAR COOL TECH

सरकारका गतिविधिका कतिपय कुरामा सञ्चारमाध्यमले सचेत गराउन जरुरी रहेको जनाउँदै उहाँले सरकारका राम्रा–नराम्रा कुरालाई समाचारका रूपमा सम्प्रेषण गरेर नीति निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले सुदूरपश्चिम प्रदेशमा डोटेली र थारू भाषामा पनि समाचार सम्प्रेषण गर्ने काममा काममा प्रदेश सरकार रासससँग सहकार्य गर्न तयार रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार