डडेल्धुरा : डडेल्धुराका करिब ७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचभीपी) लगाइने भएको छ । विद्यालय जाने किशोरीका हकमा कक्षा ६–१० मा अध्ययरत सबै र विद्यालय नजानेका हकमा उमेर १०–१४ वर्षका सबै ६ हजार ९६८ किशोरीलाई एचभीपी खोप लगाइने तयारी भएको छ ।
यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय डडेल्धुराका तथ्यांक अधिकृत जनक चन्दले बताए ।
स्वास्थ कार्यालय डडेल्धुराका अधिकृत हरि भट्टका अनुसार सरकारले कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका ६ हजार ९६८ किशोरीलाई यो खोप लगाइँदैछ । विद्यालयमा रहेका किशोरीको संख्या ६ हजार ९६२ र विद्यालय बाहिर रहेका किशोरीको संख्या अहिलेसम्म २४ रहेको तथ्यांक पाइएको छ । खोप अभियानमा सबै किशोरी समावेश गरिने उनले बताए ।
स्वास्थ्य कार्यालय डडेल्धुराले जिल्ला स्तरीय खोप समन्वय समिति र सञ्चारकर्मीलाई अभिमूखिकरण तथा अन्तरक्रिया गर्दै गतवर्ष नमूना परिक्षणका रुपमा ३८१ किशोरीलाई एचभीपी खोप दिइएको र यस पाली सबै किशोरीलाई समिटिन लागेको जानकारी दिए ।
खोप अभियान अमरगढी नगरपालिकामा माघ २२ देखि ३०,परशुराम नगरपालिकामा माघ २२ देखि २७, आलिताल, अजयमेरु, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा माघ २२ देखि २७ र भागेश्वर गाउँपालिकामा माघ २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दनुहोस्