अछाममा चितुवाको आक्रमणबाट सात बाख्रा मरे !

अछाम : अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ कालेकाँडामा चितुवाले आक्रमण गर्दा सात वटा बाख्रा मरेका छन् । शनिबार राति स्थानीय कुशे भाटले पालेका सात वटा बाख्रा चितुवाले मारेको वडाध्यक्ष रामप्रसाद जैसीले जानकारी दिए ।

खोर भित्रै बाख्रा मारिएपछि भाटको झन्डै एक लाख रुपियाँभन्दा बढीको नोक्सानी भएको वडा कार्यालयको मुचुल्कामा उल्लेख छ । कालेकाँडाका विभिन्न स्थानहरूमा बेला बेला चितुवाले पशु चौपाया मार्ने गरेको स्थानीयले जानकारी दिएका छन् ।

Seti Hospital

गाउँमै बाख्रा पालेर व्यवसाय गरिरहेका भाटले बाख्रा पालन व्यवसायबाटै आफ्नो जीविकोपार्जन गरिरहेका थिए । ठुलो क्षति हुनेगरी बाख्रा मरेपछि सम्बन्धित निकायबाट बाख्रा धनी भाटलाई राहत उपलब्ध गराइनुपर्ने विशेष बाख्रा उत्पादन कार्यक्रमका अध्यक्ष भरत कार्कीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार