धरौटीमा रिहा भएकी आशिका तामाङ फेरि पक्राउ

काठमाडौं : अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङ १० हजार धरौटीमा रिहा भएकी छन् । उनलाई १० हजार धरौटीमा छाड्ने निर्णयसँग छोडिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । तर उनी रिहा हुने बित्तिकै फेरि पक्राउ परेकी हुन् ।

सोमबार आशिकालाई धरौटी बुझाएपछि प्रहरीले फेरि पक्राउ गरेर भक्तपुर लागेको छ । उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएकोले पक्राउ गरेर भक्तपुर लागिएको प्रहरीले जनाएको छ ।

khadya

उनलाई माघ २ गते प्रहरी वृत्त गौशालाले पक्राउ गरेको थियो । पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन् । भक्तपुरको जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा भएका कारण उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार