धनगढी : प्रहरीले कैलाली कञ्चनपुरबाट ३ लाख बढीको अवैध सामान नियन्त्रणमा लिएको छ । सोमबार धनगढी, भीमदत्त नगरपालिका र बेलौरीबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याइएको सामान नियन्त्रणमा लिइएको हो ।
धनगढी उपमहानगरपालिका –२ सिसा पोस्ट, धनगढी उपमहानगरपालिका – १० गणपति इटाभट्टा नजिक र धनगढी उपमहानगरपालिका –४ बसपार्कबाट १ लाख ८ हजार ८० रुपैयाँ बराबरको मोबाइल डिस्प्ले, बिडी, गुट्खा, पान, सोडा, प्लास्टिक लगायतका किराना सामानहरू नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – १० भन्सार कार्यालय नजिक र बेलौरी नगरपालिका – ६ बैसाखीबाट भन्सार २ लाख ३५ हजार २८५ रुपैयाँ बराबरको चिनी, मिस्री, प्लास्टिकको रस्सी, नल्का, फरुवा, मोटर सकेट, नल्काको रड, चिया छन्नी, लगायत हार्डवेयर तथा किराना सामानहरु लु ३ प ८८१३ नम्बरको मोटर साइकल सहित नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । सबे सामान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया दनुहोस्