बैतडी : बैतडीमा बदेँलका लागि थापेको पासोमा चितुवा फसेको छ । जिल्लाको दशरथचन्द नगरपालिका– ८ स्थित त्रिपुरासुन्दरी मन्दिर नजिक बदेँलका लागि थापेको पासोमा चितुवा फसेको हो ।
चितुवा फसेको जानकारी पाएपछि डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
हाल चितुवा पासोमै रहेको र उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोली बैतडीतर्फ आउँदै गरेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरतप्रसाद भट्टले जानकारी दिए ।
प्रतिक्रिया दनुहोस्