धनगढी : सुदूरपश्चिम प्रदेशमा महिलाको नेतृत्व सुदृढ बनाउन ’खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुमा निर्णायक तहमा महिलाको भूमिका’ विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ। वाटर नेपाल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको आयोजनामा कार्यक्रम भएको हो।
गोष्ठीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेका थिए। खानेपानी संस्थानका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, नीति तथा योजना आयोगका हिरा चन्द, भौतिक विकास राज्य मन्त्री निर्मला साउद, तथा अन्य प्रतिनिधिहरूले महिलाको सहभागिता , खानेपानी र नेतृत्वबारे छलफल गरेका थिए ।
कार्यक्रममा महिला नेतृत्वमा देखिएका चुनौती र समस्या, नीति कार्यान्वयन तहमा महिलाको सहभागिता , विपन्न महिलाका लागि क्षमता विकास तथा आर्थिक उपार्जनका कार्यक्रमहरूको आवश्यकता विषयमा विशेष छलफल भएको थियो।
खानेपानी संस्थानका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले महिलाको सहभागिताका लागि सरकारको ३३% अवधारणालाई संस्थानले ५०% सम्म पु¥याउने योजनाबारे जानकारी गराए । उनले पहाडी क्षेत्रमा खानेपानी क्षेत्रमा बजेट अभाव, जीर्ण पूर्वाधार, र उपभोक्ता समितिमा करको समस्या रहेको बताउदै सरकारले यसमा ध्यान दिनु पर्ने बताए ।
मुख्यमन्त्री कमलबहादुर शाहले शुद्ध खानेपानीको पहुँचलाई महिलाको नेतृत्वसँग जोड्नुपर्ने र सरकार विभिन्न साझेदार संस्थाहरूसँग समन्वय गर्दै यस क्षेत्रको विकासमा प्रतिबद्ध रहेको बताएका छन्। सहभागीहरूको सुझाव र छलफलका निष्कर्षलाई नीति निर्माणमा सहयोग पुग्ने आश्वासन उनले दिए।
कार्यक्रमले महिलाको नेतृत्व सुदृढ गर्न ठोस नीतिगत सुधार आवश्यक रहेको र उपभोक्ता संस्थाहरुमा महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया दनुहोस्