बैतडीको दशरथचन्द का ६ ओटा विद्यालयमा योग कक्षा सञ्चालन हुने !

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाभित्रका ६ ओटा विद्यालयमा योग कक्षा सञ्चालन हुने भएको छ ।

पहिलो चरणमा ६ ओटा विद्यालयहरुमा हप्ताको एक दिन योग कक्षा सञ्चालन हुने गरेर शिक्षकहरुलाई योग प्रशिक्षक प्रशिक्षण तालिम दिइएको दशरथचन्द नगरपालिकाका आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीले बताए । शिक्षकहरुलाई पाँच दिने आयुर्वेद तथा योगाभ्यास सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिइएको कलौनीले बताए । 

khadya

पहिलो चरणमा केदारशीला मावि सुर्काल, निङ्गलाशैनी मावि देहीमाण्डौं, मणिलेक मावि गुरुखोला,कुलौन मावि खतेडी, विरेन्द्र मावि शाहीलेक र केदारनागार्जुन मावि बगलेखानका एक/एक जना शिक्षकहरुलाई तालिम दिइएको हो । उनीहरुलाई आयुर्वेद र योगाभ्यासका बारेमा सिकाइएको कलौनीले बताए ।

तालिमपछि शिक्षकहरुले विद्यालयमा हप्ताको एक दिन योग कक्षा सञ्चालन गर्नुपर्ने उनले बताए । आयुर्वेद र योगको महत्वका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइ उनीहरुलाई योगाभ्यासमा सरीक गराउन शिक्षकहरुलाई तालिम दिइएको दशरथचन्द नगरपालिकाले जनाएको छ । 

विद्यार्थीहरुलाई नैतिक र आचरणवान नागरिक बनाउन योग कक्षाको महत्व भएकाले योग कक्षा सञ्चालनको तयारी भएको नगर प्रमुख पुष्करराज जोशीले बताए । अहिले किशोरावस्थाका मानिसहरु समेत मानसिक समस्याबाट ग्रसित रहेकाले मानसिक समस्या हटाउन समेत योग कक्षाले सहयोग गर्ने उनले बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार