१५ वर्षिया किशोरीलाई करणी गरेको आरोपमा कैलालीका २ जनालाइ पक्राउ

धनगढी : कैलालीमा १५ वर्षिया किशोरीलाई करणी गरेको आरोपमा २ जनालाइ पक्राउ गरिएको छ, भने २ जना फरार रहेका छन्।

जिल्लाको जोशीपुर गाउँपालिका–६ की १५ वर्षिया किशोरीलाई सामुहिक करणी गरेको आरोपमा सोही गाउँपालिका–१ का १८ वर्षिय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। किशोरीलाइ ४ जनाले सामुहिक करणी गरेका बताईएको छ। मंसिर २२ गते करणी  भएको भएपनि प्रहरीमा भने ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ।

करणीमा संलग्न रहेको आरोप लागेका १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी भने भागेर भारत गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले बताए। उनीहरूविरूद्ध जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार