रवि लामिछाने कास्की अदालतको आदेशविरुद्ध उच्च अदालतमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

कास्की जिल्ला अदालते २५ पुसमा लामिछानेलाई सहकारीको रकम घोटाला प्रकरणमा ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसविरुद्ध उनी उच्च अदालत कास्की पुगेका हुन् । उनले दिएको निवेदन उच्च अदालतमा दर्ता प्रक्रियामा रहेको छ ।

khadya

लामिछानेले निवेदनमा साधारण तारेखमा बसी मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका छन् । यसका अलावा लामिछानेसँग जिल्ला अदालत काठमाडौंले ६० लाख र रूपन्देहीमा १ करोड माग गरेका थिए । लामिछानेले उक्त धरौटी बुझाएर रिहा भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार