धनगढी : सनो झुपडी। झुपडीभित्र असरल्ल छरिएका फलामका टुक्राहरू। ती फलामका टुक्रासँग अनगन्ती सपना कोइला पोल्न प्रयोग गरिने भत्किएको चुलो। चुलो नजिकै घन अनि हतौडा।
यो दृश्य हो, गोदावरी नगरपालिका अन्तर्गत रहेको अत्तरिया बसपार्क नजिकै छेउको सडक किनारामा रहेको विभिन्न आरनको सामग्री बनाउने ४७ वर्षीय गोपाल बिकको फलामका सामग्री बनाउने ठाउंको ।
उनी दिनहुँ त्यही बसेर फलामका सामग्री बनाउने काम गर्छन्। उनले आरनमा फलामका सामान बनाउन थालेको दुई दशक भइसक्यो।
उनले बुबा बाट आरनको काम सिकेका हुन् । आरनको काम गरेर नै बुबाले हामीलाई पाल्नुभयो मलिन स्वरमा उनले भने । अहिले उनी आरनको काम नियमित पाउँदैनन् । सुरुवातमा आरन व्यवसाय राम्रो रहे पनि अहिले भने फस्टाउन नसकेको उनि बताउँछन् । आधुनिक युगसँगै परिवर्तित समाजमा पुर्खौंको पेशा छोड्नै मन छैन। तर के गर्नु बाध्यता अरु कुनै उपाय पनि छैन।
आरन व्यवसायमा मेहनत धेरै गर्नुपर्ने उनी बताउँछन्। उनी भन्छन् गर्मीमा आगोसँग खेल्नुपर्दा निकै गाह्रो हुन्छ, आगोमा फलाम गलाउनुपर्ने हुदा मेहेनत बढी गर्नुपर्छ ।’ आरनमा फलामको काम गर्नुपर्ने भएकाले काममा ध्यान दिनुपर्ने र मेहेनत गर्नुपर्ने भएर नयाँ पुस्ताले यो व्यवसायलाई निरन्तरता दिन नसकेको उनको भनाइ छ। आधुनिकीकरण हुन नसक्दा आरन व्यवसाय लोप हुँदैछ उनले भने। तर पनि अन्य कुनै काम गर्न मन लाग्दैन किनभने यो मेरो पुर्खौंको पेशा हो। यसलाई छोड्न मन छैन। पहाडी गाउँमा त हामी जस्तो पेशा गर्ने व्यक्तिलाई हतौडा सँगै मेसिन दिने गर्छन् रे धेरै वर्ष अगाडि त मैले पनि पाएको हो। तर त्यसपछि खै अनुदान् त आउँछ भन्छन्। तर माग्न गए आएको छैन भन्छन् । हामी जस्तो पुर्खाको पेशा अँगालेका हरूलाई सरकारले पनि सहयोग गर्नुपर्ने हो तर खोई गरिबलाई कसैले हेर्दैन उनले भने आरनमा बनाइने ठूला औजारमध्ये हलो, बञ्चरो, कोदाली, खुकुरी र हँसियालगायत लोप भएका छन्। सबै आधुनिकरण हुँदै गयो धान काट्ने गहु काट्ने, मेसिन पनि आए त्यसैले पनि यो पेशा धरापमा आएको उनको भनाइ छ।
सबै परिवर्तन भएको छ, हलो जुवाको सट्टा ट्याक्टरले एकै छिनमा काम गर्दिन्छ । अधिकांशले पुरानै औजार मर्मत गर्न आरन आउने गरेको उनी सुनाउँछन् । पहिलेजस्तो आरनमा बसेर फलाम पिट्ने काम गर्न सकिँदैन।
उनले यही पेशाबाटै पारिवारको खर्च धानेका छन् । अचेल भने अर्डर आएपछि मात्रै काम गर्ने गरेको उनी बताउँछन् ।पुर्खौलि पेशा भएकाले चट्टै छोड्न सकिन्न उनले भने। अर्को देश गएर काम गरे पनि उही हो। अन्य कुनै काम पनि आउँदैन। आरनको काममा मेहनत अनुसारको पारिश्रमिक नभएको हुँदा जीवन धान्न धौ धौ भएको छ। आरनमा काम गर्ने तरिकामा परिमार्जन हुन जरुरी रहेको उनी बताउँछन् । उनी भन्छन् नयाँ पुस्ताले नयाँ तरिका ल्याउन सके आरन व्यवसायले निरन्तरता पाउँछ । नत्र आरन दन्ते कथा नहोला भन्न सकिन्न ।।
प्रतिक्रिया दनुहोस्