मोटरसाइकल दुुर्घटनामा घाइते महराको उपचारका क्रममा मृत्यु

धनगढी : शुक्रबार मोटरसाइकल दुर्घटनामा परि घाइते भएका महराको उपचारका क्रममा मृत्यु भएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका-२ का २१ बर्षीय विनोद महराको उपचारका क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा आइतबार साँभ मृत्यु भएको जनाइएको छ। 

महराले चलाएको सुपप्र ०१-०१२ प २२३६ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित शुक्रबार धनगढी उपमहानगरपालिका१३ राजपुर चोकमा दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडी सवार बैतडीको दशरथचन्द नगरपालिका ७ का २० बर्षीय  केशव शर्मा पनि उक्त दुर्घटनामा घाइते भएका छन्। शर्माको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार