डोटीमा करिब साढे ११ हजार किशोरीहरुलाई ‘एचपिभी’ खोप लगाईने

डोटी: डोटीमा करिब साढे ११ हजार किशोरीहरुलाई ‘एचपिभी’ खोप लगाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लाका करिब ११ हजार ४८७ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाईने भएको हो ।

जिल्लामा यही माघ २२ गते देखि फागुन २८ गते सम्म १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरूलाई उक्त खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

Seti Hospital

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमा र अन्य विद्यालय बाहिरका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने उनले बताए । खोप सञ्चालनको बारेमा जिल्लाका ९ वटै स्थानीय तहहरूका स्वास्थ्य संस्थासँग समन्वय भइसकेको समेत उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार