राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्या निकुञ्जलाई

तनहुँ : तनहुँमा विभिन्न पालिकामा खेलकुद उत्सव चलिरहेको छ । बालबालिकाको खेलकुद प्रतिभा प्रस्फुटन र विकासका लागि पालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ ।

भानु नगरपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । भानु–९ काउरेटारस्थित खेलमैदान भएको प्रतियोगितामा भानु–१२ बयापानीस्थित विद्या निकुञ्ज माध्यमिक विद्यालयले उपाधि जितेको छ । विद्यानिकुञ्जले छ स्वर्ण, एक रजत र दुई कास्य गरी नौ पदकसहित उपाधि जित्न सफल भएको हो ।

khadya

भानु–९ डुम्रीखर्कस्थित कालिका माध्यमिक विद्यालयले पाँच स्वर्ण, छ रजत र चार कास्य गरी १५ पदक प्राप्त गरी द्वितीय भएको छ भने भानु–९ बाइसजागरस्थित कर्मदा माध्यमिक विद्यालयले चार स्वर्ण, तीन रजत गरी सात पदक प्राप्त गर्दै तृतीय भएको छ ।

प्रतियोगितामा २४ विद्यालय सहभागी थिए । ३० स्वर्ण पदक रहेकामा ११ वटा विद्यालयले स्वर्ण पदक जित्न सफल भएका छन् । विद्यानिकुञ्जले रनिङ शिल्डसहित नगद पुरस्कार २५ हजार, ट्रफी र प्रमाणपत्र पाएको छ । त्यसैगरी कालिकाले २० हजार, ट्रफी र प्रमाणपत्र तथा कर्मदाले १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा विजेता विद्यालय तथा विद्यार्थीलाई नगर प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, भानु नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ध्रुवराज पौडेललगायतले पुस्कार प्रदान गरेका थिए ।

नगर प्रमुख त्रिपाठीले पुरस्कार प्रदान गर्दै विद्यालय स्तरीय प्रतियोगिताले बालबालिकाको खेलकुदप्रति आकर्षित गर्नुका साथै अनुशासित बनाउने बताए । उनले भने, ‘खेलकुदको माध्यमबाट देश विदेशमा पहिचान वृद्धि गराउन समेत मद्दत पुग्ने भएकाले प्रोत्साहन मिल्नेछ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार