आज पनि रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस जारी

काठमाडौं : सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा आज पनि रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस जारी छ । सहकारी ठगी र सङ्गठित अपराधको अभियोग लागेका रास्वपाका सभापति रवि लामिछाने मुद्दाको प्रतिवाद गर्न आज चौथो दिन पनि अदालतमा उपस्थित भएका छन् ।

रवि गत बुधवार जिल्ला अदालतमा उपस्थित भएका थिए । जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा मुद्दा परेपछि उनले सोही दिन बयान दिएर परिवार र वकिलको जिम्मा जमानीमा बस्दै आएका छन् ।

khadya

न्यायाधीश योगीको इजलासमा बिहीबार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिलहरूले, शुक्रवार जाहेरी तर्फका वकिल र प्रतिवादीका वकिलले बहस गरेका थिए ।

शुक्रवार बहस नसकिएपछि आज आइतबारका लागि पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । बुधवारदेखि लामिछाने होटेलमा बसेर अदालतमा नियमित हाजिर भएर मुद्दाको प्रतिवाद गर्दै आइरहेका छन् ।

आइतबार प्रतिवादीका वकिल रमण श्रेष्ठ, राजेन्द्र सेढाईसहितका बाँकी वकिलले बहस गरेपछि जाहेरवालाका तर्फबाट र सरकारी वकिलहरूले जवाफी बहस गर्ने छन् । बहस सकिएपछि न्यायाधीश योगीले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गर्ने भन्ने आदेश दिने दिनेछ ।

लामिछानेसहित २२ जनालाई ५५ करोड बढी बिगोसहित पूरक मुद्दा दर्ता गरिएको छ । मुद्दामा लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेललाई छुट्टै १० करोड ९९ लाख र रविको व्यक्तिगत २ करोड बिगो माग गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार