आज नेप्सेमा १०.४१ अंकको गिरावट

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १०.४१ अङ्कले घटेर २,६४३.९३ बिन्दुमा कायम भएको छ। ३१८ कम्पनीका १.५७ करोड कित्ता शेयर ९.१२ अर्ब रुपैयाँ बराबरमा कारोबार भएका छन्।

विकास बैंक, जलविद्युत्, लघुवित्त, म्युचुअल फन्ड र अन्य समूहमा सामान्य वृद्धि भए पनि वित्त समूह सबैभन्दा धेरै ४.७६% घटेको छ। उपकार लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ, जबकि बोटलर्स नेपाल, एनआईसी एसियो डिभेञ्चर, डोल्टी पावर, र जानकी फाइनान्सको शेयर नकारात्मक सर्किट लागेको छ।

सबैभन्दा बढी कारोबार सप्तकोशी डेभलपमेन्ट बैंक (३९.५३ करोड) र सबैभन्दा बढी शेयर कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी (४.११ लाख कित्ता) को भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार