अछाममा दुई जना किशोरीको घटनामा प्रहरीले थाले ‘स्निफर’ कुकुर मगाएर अनुसन्धान

अछाम : अछाममा सँगै मृत फेला परेका दुई जना किशोरीको घटनामा प्रहरीले ‘स्निफर’ कुकुर मगाएर अनुसन्धान थालेको छ । घटना शंकास्पद देखिएकाले अनुसन्धानका लागि तालिमप्राप्त ‘स्निफर’ कुकुर मगाएको प्रहरीले बताएको छ ।

शनिबार राती जिल्लाको ढकारी गाउँपालिका –८, पल्साता निवासी १४ वर्षकी ईश्वरी खड्का र १५ वर्षकी सरस्वती खड्काको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो । अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बाख्रा चराउन गएका २ किशोरी मृत फेला परेको जानकारी दिए । भण्डारीका अनुसार दुवै किशोरीको शव अन्दाजी १५–१६ मिटरको दुरीमा भेटिएको छ ।

khadya

शुक्रबारदेखि एकाएक हराएका उक्त युवतीहरु गाउँपालिकाकै वडा नं. १ मा रहेको छिन्ने जंगलमा मृत फेला परेका थिए । मृतक दुवै जना किशोरी नाताले फुपू–भदै हुन् । उनीहरू शुक्रबार दिउँसो बाख्रा चराउन छिन्ने जंगल गएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार