केबलकार निर्माणको विरोधमा पाथिभरा क्षेत्र अशान्त, प्रहरीको गोली लागेर तीनजनाको अवस्था गम्भीर

काठमाडौं : ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका तीनजनाको अवस्था गम्भीर बनेको छ । झडपमा घाइते भएका यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वाको विराटनगरमा उपचार भइरहेको छ ।

प्रदर्शनको क्रममा चार जना घाइते भएका थिए । यस्तै एक जना प्रहरी पनि घाइते भएका प्रहरीले जनाएको छ । ‘नो केबलकार’ भन्दै प्रदर्शन गरेका स्थानीयबासिन्दा र प्रहरीबीच हिजो झडप भएको हो ।

Seti Hospital

स्थानीयबासिन्दाले केबलकार निर्माणाधीन क्षेत्रमा ‘नो केबलकार’ भन्दै आजदेखि संघर्षका कार्यक्रम गर्ने बताएका थिए । तर स्थानीय प्रशासनले हिजै सशस्त्र र नेपाल प्रहरी खटाएर स्थानीयबासिन्दामाथि बल प्रयोग गरेको हो । स्थानीयबासिन्दाले ढुङ्गा र गुलेली हानेपछि गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ ।

प्रहरीले आन्दोलनकारीबाट तीन वटा खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयलाई उद्धृत गर्दै राससले जानएको छ । हिमालयन कन्सट्रक्सनले केबलकार बनाउन गएको मङ्गलवारदेखि जमिन सम्याउने काम शुरु गरेसँगै स्थानीयबासिन्दा आन्दोलनमा छन् । शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेर गोली प्रहार गरेको भन्दै नागरिक समाज र राजनीतिक दलका स्थानीय नेताले विरोध गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार