बाजुरामा मालवाहक ट्रक दुर्घटना

धनगढी : बाजुरामा मालवाहक ट्रक दुर्घटना भएको छ। जिल्लाको जगन्नाथ गाउँपालिका-२ नुनेपानी भन्ने ठाउँमा भे १ ख २४४५ नम्बरको ट्रक दुर्घटना भएको हो। 

मुगुको खत्याड गाउँपालिका-७ घर भएका ३८ वर्षीय उज्वल रावलले चलाएको नेपालगञ्जबाट हुम्ला जाँदै गरेको सो ट्रक विपरीत दिशाबाट आइरहेको जिपलाई साइड दिने क्रममा ब्रेक फेल भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। 

SHIKHAR COOL TECH

प्रहरीका अनुसार ट्रकमा सिमेन्ट, सरिया लगायतका सामान छन् भने चालक र सहचालक मात्रै रहेकामा दुबै जना सकुशल छन्। ट्रक पल्टिएपछि सडक अवरुद्ध भएकोमा सडक खुलाउने काम भइरहेको छ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार