कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ । शनिवार धनगढी र टीकापुरबाट प्रहरीले १ लाख ८२ हजार ३१० रुपैयाँ बराबरको भारतबाट अवैध रूपमा भित्र्याइएको सामान बरामद गरेको हो ।

धनगढी उपमहानगरपालिका – ९ त्रिवेणीघाट र टीकापुर नगरपालिका – ९ बालुवाटारबाट कस्मेटिक समान, दाल, चिनी, खाने तेल, भडावर्तन लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार