बैतडीको सिगासगाउँपालिकामा आज शोक बिदा

बैतडी : बैतडीको वडा नम्बर एक सिगासगाउँपालिकामा आज शोक बिदा दिइएको छ। सिगास गाउँपालिका–१ मा शनिवार भएको जिप दुर्घटनामा परी एकै गाउँका दुईको जनाको मृत्यु भएको र चार जना घाइते भएकाले आज वडाका शिक्षण संस्था र सरकारी कार्यालयहरुमा शोक बिदा दिएको वडा अध्यक्ष रामचन्द्र ऐरीद्वारा हस्ताक्षिरित सूचनामा भनिएको छ।

दुर्घटनामा सिगास–१ खरकेउडाकी १९ वर्षीया पार्वती धामी र १४ वर्षीया जयन्ती धामीको मृत्यु भएको थियो। जिपमा सवार अन्य ४ जना घाइते भएका छन्। घाइतेहरुको उपचार भइरहेको वडा अध्यक्ष ऐरीले बताए। सिगास–१ कै ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया हेमन्ती धामी र १४ वर्षीया भागरथी धामीको उपचार भइरहेको हो।

khadya

शनिवार बिहान ५ बजे सिगास गाउँपालिका–१, को गडानबाट तल्लो इराना हुँदै फर्कंदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४०२८ नम्बरको जिप माडौं भन्ने स्थानमा दुर्घटनामा परेको थियो। कच्ची सडकबाट जिप करीब ५ सय मिटर तल खसेको थियो। दुर्घटनाका समयमा सिगास–१ कै जयन्त बोहराले जिप चलाईरहेका थिए। उनी अर्को जिपको सहचालक रहेको बुझिएको छ। उनी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार