कैलालीको जानकी गाउँपालिकामा बन्न लागेको स्मार्ट शौचालयको कार्य रोकियो !

टीकापुर : कैलालीको जानकी गाउँपालिकाले १ करोडको लागतमा बनाउन लागेको स्मार्ट शौचालयको काम रोकिएको छ । बिश्व बैंकको सहयोगमा गाउँपालिकाले वडा नं. ३ को सुवर्ण सामुदायिक वनको जग्गामा रहेको खेलमैदानमा स्मार्ट शौचालय बनाउन थालेको थियो । तर मन्त्रालयको अनुमति विना स्मार्ट शौचालय बनाउन थालेपछि वन कार्यालयले निर्माण कार्यमा रोक लगाएको हो ।

सामुदायिक वनको जग्गामा जबर्जस्ती स्मार्ट शौचालय बनाउन शुरु गरेपछि सव डिभिजन वन कार्यालय टीकापुरले निर्माण कार्यमा रोक लगाएको बताईएको छ । सव डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवका अनुसार गाउँपालिकाले जबर्जस्ती अनुमति विना नै निर्माण थालेपछि निर्माण कार्यमा रोक लगाएको हो ।

khadya

विश्व बैंकको आर्थिक सहयोगमा पालिकाले वनको जग्गामा स्मार्ट शौचालयसहित डेस च्याजिंग रुम आदि निर्माण गर्न शुरु गरेको थियो । वनको जग्गामा कुनै संरचना निर्माण गर्दा भूमि सुधार मन्त्रालयले भोगाधिकारको अनुमति दिनुपर्ने नियम छ । तर पालिकाले हालै सम्पन्न गाउँ सभाबाट स्मार्ट शौचालय निर्माण गर्ने निर्णय गरेको थियो ।

निर्माण कार्य रोकेपछि गाउँपालिका अध्यक्ष गणेश चौधरीले खेल मैदानमा खेलाडीहरुका लागि आवश्यक शौचालय बनाउँदा अवरोध गर्नु उपयुक्त नभएको जिकिर गरे । ‘वर्षौंदेखि खेलमैदानका रुपमा रहेको खाली जग्गामा खेलमैदान हुँदा भोगाधिकार नचाहिने ?’ अध्यक्ष चौधरीले भने ‘खेलाडीका लागि शौचालय बनाउँदा अवरोध सिर्जना हुनु दुःखद् हो ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार