धनगढी : कैलालीको धनगढीबाट लागू औषध मुद्दामा फरार भएकी एक युवती पक्राउ परेकी छिन ।
जिल्ला अदालत कैलालीले लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका – ३ मिलन चोक की २८ वर्षीय सन्ध्या चौधरी पक्राउ परेकी हुन ।
उनलाई शुक्रवार ट्राफिक चौराहा नजिकबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्