आज यी प्रदेशमा शीतलहर

धनगढी : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस प्रदेशको पूर्वी भू-भागमा तथा कोशी प्रदेशको तराई भू-भागमा मन्द शीतलहरको अवस्था रहेको छ।

बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ। पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ। अन्य प्रदेशमा मुख्यतया मौसम सफा रहने छ।

मधेस प्रदेशको पूर्वी भूभाग (सप्तरी)  तथा कोशी प्रदेश को तराई भू-भागमा (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार