भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष यज्ञराज उपाध्यायको पद बहाली

धनगढी : भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले पद बहाली गरेका छन्। भूमि सम्बन्धी समस्या समाधान आयोगका कैलालीका अध्यक्ष उपाध्यायले शुक्रवार पुनः पद बहाली गरेका हुन।

उपाध्यायले कैलालीमा अधुरो रहेको भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान हुने बताएका छन। नेपाली काँग्रेस र एमालेसहितको सरकारले भूमि सम्बन्धी अध्यादेश ल्याएको छ। उक्त अध्यादेशमार्फत कैलालीको समस्या समेत समाधान हुने तर्क उनको छ। उपाध्याय दोस्रो पटक कैलाली जिल्लाको अध्यक्ष नियुक्त भएका हुन।

उनको पूर्ण टिम अझै तयार भएको छैन। तर, कैलालीका स्थानीय तहहरूले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरूको तथ्याङ्क सङ्कलन तथा जग्गाको नाप–जाँचको काम गर्दै छन्। कैलालीमा ६० प्रतिशत जग्गा नाप जाँचको काम पूरा भएको दाबी गरिएको छ।

पद बहाली कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास प्रकाश देउवा, प्रदेश सभा सदस्य मान बहादुर रावल, प्रदेश सभा सदस्य विक्रम धामी, एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गाना र कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन प्रसाद हमाललगाएतको सहभागिता रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार